काठमाडौं, ६ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार प्रतिनिधिसभामा हुने भनिएको प्रश्नोत्तर सत्र स्थगित गरिएको छ।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्रीको अस्वस्थताका कारण संसदको पूर्वनिर्धारित प्रश्नोत्तर कार्यसूची हटाइएको हो। मंगलबार बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिका कारण प्रश्नोत्तर सत्र अगाडि नबढाइएको जनाइएको छ।
यस्तै, सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको थियो।
सरकारी निकायका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउने आशा गरिएको छ भने आगामी दिनका कार्यक्रमहरू स्वास्थ्य अवस्थाअनुसार तय गरिनेछ।