गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको बढुवासम्बन्धी सिफारिस अघि सारेको छ। मङ्गलबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो।
शाह हाल नेपाल प्रहरीको विशेष ब्यूरो, प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत छन्। उनी प्रहरी सेवामा लामो अनुभव बोकेको अधिकारीका रूपमा चिनिन्छन्।

त्यसैगरी, जनपद प्रहरी समूहतर्फबाट ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिसमा परेका अधिकारीहरू विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् र उनीहरूको अनुभव, सेवा अवधि तथा कार्यकुशलता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरिएको जनाइएको छ।
डीआईजी पदका लागि सिफारिसमा परेका अधिकृतहरू यसप्रकार छन ।

- सुदर्शनप्रसाद सापकोटा – लागुऔषध नियन्त्रण ब्यूरो, काठमाडौं
- विनोद घिमिरे – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय
- दीपेन्द्र घर्ती क्षेत्री – मानव बेचबिखन अनुसन्धान ब्यूरो
- दीपक रेग्मी – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, रुपन्देही
- माधवप्रसाद श्रेष्ठ – लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, रूपन्देही
- दिलिपसिंह देउवा – नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर
- दीपककुमार बस्नेत – नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत
- ओमबहादुर राना – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा
- जयराज सापकोटा – नेपाल प्रहरी प्रदेश कार्यालय, धरान
- सञ्जीव शर्मा दास – नेपाली राजदूतावास, नयाँ दिल्ली
- सुरेन्द्रबहादुर गुरुङ – नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज
नेपाल प्रहरीमा उच्च तहका अधिकृतहरूको बढुवाले संगठनभित्र नेतृत्व हस्तान्तरण र जिम्मेवारी पुनःवितरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।नेपाल प्रहरीमा उच्च तहका अधिकृतहरूको बढुवाले संगठनभित्र नेतृत्व हस्तान्तरण र जिम्मेवारी पुनःवितरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
