उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ ।
रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको बताइएको छ ।
यस्तै आरएस वस्त्रालयलाई पनि १ लाख जरिवाना गरेको छ ।
विभागले हिजो ६ वटा उद्योग तथा फर्म गरेको अनुगमनमा सौरभ प्रा.ली., स्मार्ट ट्रेड कन्सन र कृष्ण पाउरोटी भण्डार प्रा.ली.लाई सामान्य निर्देशन दिएको छ ।
विएस ट्रिक्स प्रा.ली.लाई कागजपत्रसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारबाही गरिएको विभागले बताएको छ ।