परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा. एस. जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली दिल्ली पुगेकी हुन् । असार ३० गते नयाँ सरकार बनेयता पहिलो भ्रमणमा गएकी हुन् । यो भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भ्रमणको टुंगो गर्नेछिन् भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार दिउँसो त्यहाँस्थित समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेकी छन्।
राणाले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई अझ बलियो बनाउन यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने पनि अपेक्षा राखेकी छन् । सोमबार ७ः३० बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने तालिका छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो पनि हस्तान्तरण गर्ने छिन्।
परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा. एस. जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली दिल्ली पुगेकी हुन् ।
मन्त्रालयले जयशंक र मोदीसँगको भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने जनाएको छ ।
मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।
‘भारतको छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार हो’, विदेशमन्त्रालयले भनेको थियो, ‘परराष्ट्रमन्त्री राणाको आशन्न भ्रमणमा द्विपक्षीय सहयोगका प्रगतिबारे छलफल र समीक्षा गर्ने अवसर दिनेछ ।जयंशकरसँग को भेटपछि राणाले दुई देशबीचका बहुआयामिक सम्बन्ध, नेपाल-भारत सम्बन्धका विविध पाटा, एकअर्काबीचको सहकार्य र तिनका सम्भावनाबारे कुरा भएको जानकारी दिएकी छन् ।