मेचि देखी माहाकाली सम्मका मधेशका जिल्लाहरु लगाया भारतका बिभिन्न राज्यहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।

छठपछि दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर

साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ । साथै, गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ ।


सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई, त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् ।
