संसदीय सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलाई प्रस्ताव गरेको थियो र प्रस्तावित भट्टराईसंग स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । १४ साउनमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता भट्टराईको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो ।तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएका हुन् ।तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए । सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैंले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको जानकारी दिएकी थिइन् ।त्यसपछि भट्टराईले मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएर गएका उनले बताइन् ।
२०८१ चैत्र २, शनिबार १३:३३ बजे