जल तथ मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपास ठूलो वर्षा भएको जनाएको छ । कोशी प्रदेशका अन्य केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा भईरहेको छ।
महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा एवं राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने बताइएको छ ।यस्तै, विभागले आज मोरङ, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको अनुमान गरिएको जनाएको छ ।
साथै भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास जिल्लाका ससाना नदीमा समेत बहाव बढ्ने पूर्वानुमान रहेको छ ।