काठमाडौं – नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूको एक टोली नेपाल आएको छ। नेपाली सेनाको २६२औँ वार्षिकोत्सव तथा महाशिवरात्रिको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आएका हुन्।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्व प्रधान सेनापतिहरूमा जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दीपक कपुर, जनरल विजय कुमार सिंह, जनरल दलवीर सिंह सुहाग, जनरल मनोज मुकुन्द नरवणे, र जनरल मनोज पाण्डे रहेका छन्।
भ्रमणका क्रममा उनीहरूले नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। नेपाली सेनाले यो भ्रमणले नेपाल–भारतबीचको रक्षा तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास लिएको छ।