पोखरामा राष्ट्रिय नागरिक संघर्ष समितिको आयोजनामा महाशिवरात्रिको पुर्वसन्ध्यामा शुभकामना आदान-प्रदान कार्यक्रम संचालन गरिएको छ। यस कार्यक्रमको मुख्य आकर्षणका रुपमा विश्व हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर विक्रम शाहदेवले बैदामस्थित केदारेश्वर मन्दिरमा बिशेष पूजा-अर्चना तथा सन्ध्या आरतीमा सरिक हुने व्यवस्था गरिएको छ।
यस अवसरमा नेपाल-भारत हिन्दु मैत्री समाज सहित विभिन्न हिन्दुबादी संघ-संस्था र सामाजिक अभियन्ताहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागी महानुभावहरूले महाशिवरात्रिको उपलक्ष्यमा केदारेश्वर मन्दिरमा आम जनमानससँग पूजा-अर्चना गर्नु सौभाग्यको विषय रहेको भन्दै, राजा र समस्त राष्ट्रवादी समाजलाई हार्दिक स्वागत र सहभागी हुन आह्वान गरेका छन्।

यस प्रकारको कार्यक्रमले राष्ट्रिय एकता र धार्मिक एकात्मताका महत्वपूर्ण पाटाहरूलाई उजागर गर्दै, महाशिवरात्रिको पावन अवसरमा सबै वर्गका मानिसहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको देखिन्छ।