काठमाडौं, फागुन १६ – खराब मौसमका कारण परराष्ट्रमन्त्री आरजु राणा देउवा सवार विमान काठमाडौं अवतरण गर्न नसकी कोलकाता डाइभर्ट भएको छ।
मन्त्री राणाका सल्लाहकार एकराज पाठकका अनुसार कतार एयरवेजको विमान दोहाबाट काठमाडौं आउँदै गर्दा मौसम प्रतिकूल भएका कारण कोलकातामा अवतरण गरिएको हो।
काठमाडौंस्थित मौसम अस्थिर रहेपछि विमानले पटक–पटक अवतरण गर्ने प्रयास गरे पनि सम्भव नभएपछि कोलकातामा ल्याण्ड गरिएको पाठकले जानकारी दिए।
राणा राष्ट्रसंघको बैठकमा सहभागी भएर जेनेभाबाट स्वदेश फर्कदै थिइन्।
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। यही कारण काठमाडौं विमानस्थलमा अवतरणमा कठिनाइ देखिएको हो।