ललितपुरको पाटन बहुमुखी क्याम्पसमा जारी मतदान प्रक्रिया अवरुद्ध भएको छ। फर्जी मत खसेको आशंकामा विद्यार्थी संगठनहरूबीच विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो।
एमालेनिकट अनेरास्ववियुले फर्जी मत खसेको भन्दै मतदान रोक्न दबाब दिएपछि स्थिति तनावग्रस्त बनेको थियो। विवाद समाधानका लागि सर्वपक्षीय बैठक चलिरहेका बेला नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच हात हालाहाल समेत भएको छ।
विवादकै कारण मतगणना प्रक्रिया अन्योलमा परेको छ भने निर्वाचन समितिले अवस्था सामान्य बनाउन छलफल जारी राखेको जनाएको छ।