काठमाडौं, वैशाख २९ — देशभर हाल पश्चिमी वायु प्रणाली तथा स्थानीय वायुले प्रभाव जमाइरहेको छ भने अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत असर देखिएको मौसमविद्हarूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको वायुप्रणालीको प्रभावले विभिन्न भागमा बदलीदेखि वर्षा र हिमपातसम्मको अवस्था देखिएको छ।
शनिबार देशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य सफा मौसम रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, देशका उच्च हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
पछिल्लो समय देशभर व्याप्त रहेको बाक्लो तुवाँलो क्रमिक रूपमा कम हुँदै जाने देखिएको छ। यद्यपि, आगामी केही घण्टा र दिनमा मौसममा हुने तीव्र परिवर्तनले स्वास्थ्य, जनजीवन, कृषि, यातायात— विशेषगरी सडक तथा हवाई उडान—मा असर पुर्याउने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई अनुरोध गरेको छ।