ब्रम्हाण्ड मा शास लिने र फ्याक्ने रहेको जिवहरु ले अक्सिजन लिने र कार्वनडाईअक्साई फ्याकने नै हुन्मछन ति मध्य गाई एक मात्र यस्तो जिवहो जुन अक्सिजन नै लिन्छन अक्सिजन नै फ्याकछन !

यमपञ्चकको चौथो दिन आज गाईको पूजा गरी मनाइदैछ। कात्तिक कृष्ण औंसीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथन अनुसार गाई पूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरुको पूजा गर्ने चलनरही आएको छ।गाईलाई सिंगारे र माला लगाई तेल घसेर सम्मान गरी मीठो खाने कुरा दिइन्छ। पूजा आज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने चलन छ। कसै कसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन्। रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्ट मयसागरबाट वैतरणी पार गर्न सजिलो हुने विश्वास रही आएको छ। गाई अत्यन्तै गुणी र सुधोप्राणी हो। समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ।गावोविश्वष्यमा तर भनेर गाईलाई विश्वकी माता मान्ने वैदिक उद्घोष छ । पशुपन्छी मात्र नभएर तिहार मावनस्पतिको पनि उत्तिकै महत्त्व छ।

वनवनस्पति र खोलानालाको पानी खाएको। अन्न नूनकम खुवाइएको गाईको नजिक बस्दा समेतशान्ति र आरोग्य मिल्ने जनविश्वास रहीआएको छ। गाईको गहुँत र गोबरमा शुद्धिको अमृत,औषधेय गुण हुन्छ। दूधमा आरोग्य र कुशाग्र वुद्धि विकास गराउने रस हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ। स्थानीय प्रजातिको प्राकृत लिमेपार्कोटे जस्ता गाईको गोबर, गहुँत, दूध, दही र घ्यू मिसाएर पञ्जगव्य प्रयोग गर्ने चलनले नेपाली समाजमा ठूलो सांस्कृतिक महत्व छ।हिमाली खण्डमा पाइने चौँरीगाईदेखि तराई क्षेत्रमा पाइने विभिन्न प्रजातिका गाईले नेपाली जनताको आर्थिक विकास तथा स्वास्थ्य अभिवृद्धिमा महत्वपूर्ण सहयोग गरेकाले गाई हाम्रो जनजीवनको सहयोगी प्राणी सावित भएको छ। यसैले, गाईलाई नेपालको राष्ट्रिय जनावर मानिएको हो।
संस्कतिविद्भन्छन्, यसका लागि विश्वकै इतिहासलाई पल्टाएर हेर्न जरुरी छ। हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ। मानव सभ्यताको शुरुवातनै कृषि तथा पशुपालनबाट भएको हो।