माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता स्वागत नेपालले बिनाहातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् ।
उनले रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् ।
सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।