पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाइ पुरस्कार लिन आउन आग्रह गरेको छ । गाउँपालिकाले यो बर्षबाट ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कृत गर्ने भएको हो ।
गाउँपालिकाले पुरस्कार वितरण सम्बन्धि कार्यविधि मंसिर ०६ गतेको कार्यपालिकाले पारित गरेर मंसिर ०७ गते ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कारको लागि दावी पेश गर्न अनुरोध का लागि सुचना प्रकाशित नै गरिईएको छ । नेपाल एक कृषिप्रधान देश हो यदि यसै गरि देशको सम्पूर्ण स्थानिय निकायहरु ले कृषकहरुलाई प्रोत्साहन गर्नेहो भन्ने हाम्रो देशबाट युवाहरु को पलायन मा पनि कमि हुनेछ ।