पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहिएको फलको संज्ञा दिँदै आफैँ झर्ने दाबी गरेका छन । एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ अन्र्तरगत बुधवार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन ।
उनले आफ्नै कारणले गठबन्धन भत्किने पनि बताएका छन । उनले कांग्रेस र माओवादीलाई विदेशीले मिलाइदिएको जिकिर गर्दै विदेशीले बनाइदिएको सरकारबाट देश बन्न नसक्ने बताएका छन । उनले आगामी चुनावमा पार्टीले एकल बहुमत ल्याउन जनतासँग प्रत्यक्ष भेटघाट गरिएको बताएका छन । सोही अनुसार सिंगो पार्टी नेतृत्व अभियानमा लागेको उल्लेख गर्दै ओलीले आगामी निर्वाचनमा कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्न नसक्ने बताएका छन ।
उनले भने, ‘आगामी निर्वाचनमा एक्लै एमालेसँग लड्न त के हेर्न पनि सक्दैन । ’ओलीले एमालेलाई सिध्याउन देश दुनियाँ लागिपरे पनि अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ लोकप्रिय मत ल्याएर प्रमाणित गरिसकेको पनि बताएका छन ।