प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनलाई बोलाएको छ ।
समिति सचिवालयका अनुसार आइतबार बिहान साढे ११ बजे विभिन्न विद्यार्थी संघ÷संगठनहरुका अधिकारीहरुलाई आमन्त्रण गरिएको छ । छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल सिंहदरवारमा हुनेछ ।२७ भदौ २०८० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमाथि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरुसँग छलफल चलाइरहेको छ । बिहीबार अभिभावक संघका अधिकारीहरुसँग छलफल गरेको थियो ।शिक्षक, कर्मचारी, संचालक लगायतका सरोकारवालाहरुसँग एकचरणमा छलफल गरिसकेपछि यो विधेयकमाथि छलफल गर्न विद्यार्थी संगठनलाई बोलाइएको हो । सरोकारवालाहरुँगको छलफल सकेर विधेयकमा संशोधन प्रस्तव दर्ता गर्ने सांसदहरुलाई बोलाउने समितिको तयारी छ ।विधेयकमाथि १६५ वटा संशोधन प्रस्ताव परेको छ।