
पूर्वराजा ज्ञानेन्द्र विर बिक्रम शाहलाई मंगलबार रौतहटमा भब्य स्वागत गरिएको थियो । जिल्लाको ऐतिहासिक तथा धार्मिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं.५को शिवनगर शिव मंदिरमा दर्शन गर्नुको साथै पुजाआर्चना समेत गर्नु भएको थियो ।

दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए।
मंगलवार दिउँसो ३ बजेको समयमा पूर्व राजा ज्ञानेन्द्र शाह द्वारा महादेव मन्दिरमा करिव १० मिनेट पूजाआजा गरि करिब ४ बजे दिउँसो फर्किएका थिए ।
शिवनगर चोकदेखी मन्दिरसम्म बाटोको दुबै तर्फ बसेका समर्थकहरुले उनलाई पुलमाला लगाएर भव्य स्वागत गरेका थिए । पूर्व राजा शाहले आफना समर्थकहरुको हातबाट फुलको माला र पुष्प गुच्छा लिएका थिए ।
पूर्व राजा शाह शिवनगर आउने वित्तिकै उनका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएको थियो ।शाहलाई हेर्न र स्वागत गर्न टाढा टाढाबाट मानिसहरुको ठुलो भिड ओर्लिएको थियो । उनलाई हेर्न हजारौको संख्यामा मानिसहरु शिवनगर पुगेका थिए ।शाहलाई हेर्न आएको मानिसहरुको ठुलो भिडलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे भएको थियो । पूर्व राजा शाह शिवनगर आउन लागेपछि मंगलवार विहानै देखी शिवनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको थियो ।यसैविच आयोजक राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले शिवनगर मन्दिरको छेउमा तयार पारेको स्वागत गेटमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार लेखेको ब्यानर झुण्डयाएका थिए ।सो ब्यानरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार लेख्न नपाउने भन्दै प्रहरीले सो ब्यानर हटाउन वा छोप्न खोज्दा पूर्व राजा शाहका समर्थकहरुले विरोध गरेपछि केहिबेर शिवनगरको अवस्था तनावग्रस्त बनेको थियो ।उनका समर्थकहरुले विरोध गरेपछि प्रहरीले आफनो अडानबाट पछि हटेका थिए ।भने आयोजक टिम मध्य का धर्म निर्पेक्षता खारेजी अभियान का राष्ट्रीय अध्यक्ष डा.राजिव कुमार झा को दबाब र उनको आक्रामकता प्रहरी संगको भना भनकै बिचमा डा.राजिव झा ले एक जना आफ्ना सहयोगीलाई गेटमा चढन लगाई प्रहरी द्वारा छोपियको व्यानर च्यातन लगायका थिय। दर्जनौ पत्रकारको सहभागिता भएपनि राजाले पत्रकारहरुसंग कुराकानी गरेका थिएन । तर पत्रकारहरुलाई तस्बिर खिच्न र दर्शनभेट मात्रै दिएका थिए ।