भारतको अडानी ग्रुपले नेपालको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा भैरहवालगायत विमानस्थलको सञ्चालन गर्न दिन प्रस्ताव गरेको छ । हालै भारतमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भएको भेटमा अडानी ग्रुपका प्रमुख गौतम अडानीले नेपालका विमानस्थल सञ्चालन र निर्माणमा रुचि देखाएका हुन् ।
‘भाइब्रेन्ट गुजरात समिट २०२४’ मा सहभागी हुन अर्थमन्त्री डा. महत २४ पुसमा भारत गएका थिए । त्यसक्रममा उनले अर्बपति मुकेश अम्बानी, अडानी ग्रुपको प्रमुख गौतम अडानी लगायतसँग भारतका उद्योगपतिहरुसँग पनि भेट गरेका थिए ।अर्थमन्त्री डा. महतसँग भएको भेटमा अडानीले निजगढ विमानस्थल निर्माण तथा सञ्चालन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार, गौतमबुद्ध विमानस्थल सञ्चालनमा रुचि देखाएका हुन् ।