नेकपा ऐमाले का पुर्व मंत्रि महेश वस्नेत बिरुद्ध ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या र बलात्कार आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनले २ महिना १५ दिनको भ्रूण हत्याको आरोप पनि बस्नेतमाथि लगाएकी छन् । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक बस्नेतले भ्रूण हत्या गरेको उनको आरोप छ ।
बस्नेको निर्देशनमा दुई जना युवाहरूले आफ्नो अपार्टमेन्टमा आएर कुटपिट गरेको र मोबाइल लगेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।