उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै प्रकृया पुरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ चैत १८ गते २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ ।प्रहरीले गरेको अनुसन्धानबाट उनले सुप्रिम सहकारीबाट उक्त रकम लिएको देखाएको हो । उक्त मितिमा २ करोड रुपैयाँ लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत भएको छ । जसमा सहकारीले ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको खुलासा भएको हो ।
संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको, भौचर सदर गर्ने सागर केसी, रकम जम्मा गर्ने रोसनी गुरुङ’ सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ ।
१ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको पाएपछि कार्यालयले २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार सहकारी ठगीको मुद्दा दायर गरेको छ ।
