गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको थियो ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज को माग गर्दै राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।उपचारको क्रममा मृत्यु भएको छ ।
राप्रपाको बर्दिया जिल्लाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।साथै गणतन्त्र र धर्म निरपेक्षता खारेजि अभियानका अभियन्ता डा.राजीव झा ले जनतालाई गुमराहमा पारी बन्दुकको बलमा लेखियको र लादीयको यो जनचाहना बिपरित भ्रष्टाचार कमिसन तस्करी र अपराधीलाई संरक्षण गर्ने उदेश्यले ल्याईएको गणतन्त्रीक व्यवस्था मा गणतन्त्र र धर्म निरपेक्षता खारेजि अभियानको भएको शान्तीपुर्ण आन्दोलको क्रममा प्रहरीको दमनवाट यो पहिलो बलिदानी हो र यो बलिदानले हालको अवस्था र व्यवस्था मैं परिवर्तन हुने बातावरण स्वयम् सरकारले नै सृजना गरेको जिकिर गरे ।