संवाद यात्राका क्रममा कञ्चनपुरमा मंगलबार गगन थापाले सहकारी ठगीमा संलग्न रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् ? भन्ने जाँच्ने क्षमता प्रहरीसँग नभएको सोमबार दर्ता भएको मुद्दाबाट प्रष्ट भएको बताए । गलत र सहि छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् ।सहकारीको रकम अपचलन भएको छ सामाजिक संजालहरु समेतमा प्रमाणहरु छ्यापँ छ्याप्ती रहेको हुदापनि प्रहरीले गरेको अनुसन्धान विश्वसनीय छैन त्यसैले संसदीय अनुसन्धान समिति गठन गर्नुपर्छ भनेका हौं,’ थापाले भने, ‘‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्यो कि परेन?’
प्रहरीले मुद्दा दर्ता गर्दा लामिछानेलाई प्रतिवादी नबनाएकाले पनि छानबिन समितिको महत्व बढेको उनको भनाइ छ ।
‘प्रहरीले सरकारी वकिल कहाँ मुद्दा दर्ता गर्यो । मुद्दा दर्ता गर्दैगर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो,’ थापाले भने,‘प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन ।’
सर्वसाधारणले कुनै काम गर्दा गल्ती वा अपराध मानेर दण्ड पाउँछ भने शक्तिशाली ले गर्दा पनि गल्ती नै हुने र दण्ड पाउनु पर्ने उनको भनाइ छ ।कानुन सबैको लागी एकै समान हुनुपर्ने र एकै प्रकृतिको घटनामा कानुनमा उल्लिखित ढण्ड व्यवस्था सबैमा लागुहुनु पर्ने जनतालाई ढण्ड र नेतालाई उन्मुक्ति दिन नहुने समेत जिकिर गरे ।
‘सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा एक अर्ब रुपैयाँ लिएर तपाईंले कुनै कम्पनी खोल्नु भयो र त्यो कम्पनी बन्द गरेर पुनर्बासमा घुम्नु भयो भने तपाईंलाई प्रहरीले समात्छ कि समात्दैन तपाईंमाथि अनुसन्धान गर्छ कि गर्दैन ?’ थापाले भने, ‘तपाईंले गर्दा लिन्छ भने मैले गर्दा पनि लिन्छ। कानुनको शासन भनेको यत्ति हो ।’