मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन ।

दिउँसो २ बजे बसेको बैठक जनमत पार्टीको अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि भने बैठक सुरु नै हुन सकेन ।माग पूरा नगरेसम्म सदन चल्न नदिने भन्दै जनमतले अवरोध गरेपछि एमालेले प्रतिवाद गरेको थियो । त्सस क्रममा काँग्रेसका सांसदहरुसमेत जनमतको पक्षमा उभिएर नाराबाजी र तोडफोड गरेका थिए ।
