रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ ।योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने गरेको पाइन्छ । यो केमिकल फलमा प्रयोग गर्नु हुन्न । यस्तो खालको रंग हालिएको खरबुजाको सेवनले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ । आजको यस लेखमा हामीहरू सुई लगाइएको खरबुजा चिन्ने तीन वटा तरिकाबारे कुराकानी गर्न गइरहेका छौँ ।
१. पहेँलो दाग भएको खरबुजा छान्नुस् :
हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।
२. घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।
३. खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।
४. खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।
के हुन्छ एरिथ्रोसिन रसायन भएको खरबुजा खाँदा ?
एरिथ्रोसिन रसायन हालिएको खरबुजा खाँदा वाकवाकी लाग्ने, बान्ता हुने, भोक नलाग्ने जस्ता समस्या हुन सक्छन् । लामो समयसम्म एरिथ्रोसिन सेवन गरिरहँदा थाइराइड, क्यान्सर जस्ता रोग निम्तिन सक्छ ।
खरबुजा खाएपछि नखानुस् यी चिजहरू
जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या हुन सक्छ । फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनुपर्ने बताइन्छ ।
प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न । यसो गर्दा पाचन सम्बन्धी समस्या निम्तन सक्छ । त्यसैगरी अण्डालगायत ओमेगा-३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन । यसो गर्दा पेट फुल्ने वा कब्जियत हुने हुन सक्छ । तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । तर खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा बढ्छ ।गर्मीम धेरै चिसो मानिस खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन् । तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ । पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू निम्तिन सक्छ । खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन सक्छ । खरबुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिन मिसिएर पेट फुल्ने समस्या निम्त्याउन सक्छ ।रातोपाटि लगायतवाट