नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधा तथा गृहमंत्री रबि लामिछानेको नाम मुछिएको भएतापनि सरकार ले बचाँउन खोजेको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।ठोस आधार र प्रमाण हुदाँ हुदै पनि सरकार को दवाब र प्रभावमा छानबीन गर्ने निकायहरु निरीह भई आफ्नो क्षमता र योग्यता माथिनै प्रश्न चिन्ह लगाएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको राजिनामा माग गर्दै गृहमन्त्रीको पुत्ला समेत दहन गरेका हुन् ।
