चतरा धाममा लागिरहेको १ महिने कुम्भ स्नानको अवसरमा विशेष रूपमा कथा वाचनको लागि भारत मध्यप्रदेशस्थित बागेश्वर महाराजलाई निम्तोसहित बोलाइएको छ ।कथा वाचक धीरेन्द्र शास्त्रीले आफ्नो पाँच दिने बराहा क्षेत्र चतरा धार्मिक यात्रामा नेपालबिना भारत अधुरो हुन्छ जसरी माता सीताबिना राम अधुरो हुने बताएका छन । बराह क्षेत्र चतरास्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनन्त श्री विभूषित जगद्गुरु श्री रामकृष्णाचार्य महायोगी सिद्ध बाबासहित सनातन धर्म प्रेमीहरूले माला लगाएर उनको भव्य स्वागत गरेका थिए । कार्यक्रम स्थल संगै रहेको हनुमान मन्दिरमा बागेश्वर महाराजले पूजा अर्चना गरेका थिए ।
सोही अवसरमा पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीले झन्डै दुई अर्ब रुपैयाँको लागतमा ब्रह्ममन्डीय शैली श्रीयन्त्र आकारको प्रस्तावित राम मन्दिरको शिलान्यास गरेका थिए । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, सङ्घीय सांसद, प्रदेश सांसदहरू, विभिन्न दलका नेताहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो उनले नेपाल हाम्रो मुटु हो सम्म भनेका थिय ।’
उनले पशुपति नाथ, महादेवको भूमि जबसम्म हामी पुग्दैनौँ हामी अधुरो नै हुन्छौँ भनेका थिए । धीरेन्द्र शास्त्रीले भने, ‘नेपालका हिन्दुहरूलाई एकजुट गर्न र नेपालमा शान्ति कायम राख्न बालाजी महाराजसँग प्रार्थना गर्दछु ।’ बागेश्वर महाराज चतरामा आयोजित पाँच दिवसीय हनुमान कथा वाचन गर्ने कार्यक्रम रहेको छ । कथा वाचनको अवसरमा शान्ति सुरक्षा कायम राख्न ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
साथै हिन्दु स्वयंसेवक सङ्घ, नेपाल स्काउटका साथै सयौँ स्वयंसेवक र पीठका कार्यकर्ताहरू परिचालित भएका छन् ।