शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री थापाले अहिलेको वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गरेका छन् ।‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको’, उनले भने अहिलेको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ’, नेता थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ ।
वर्तमान सरकार आउँदो माघसम्म बिदाई हुने : गगन थापा
