लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुअघि जसपालाई २ मन्त्रालय दिने भनिएपनि अन्तिममा एउटा मात्र मन्त्री दिएको भन्दै जसपा असन्तुष्ट थियो । भएको सहमति कार्यान्वय नभएको भन्दै सरकार गठन भएको एक सातामै जसपाले सरकार छाडेको हो मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट जसपाले दिए राजीनामा
