शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)बीच सामान्य झडप भएको छ ।
नेविसंघले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु अध्यक्षले रोक्न खोजेपछि झडप भएको हो । नेविसंघले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु अध्यक्ष सुशान्त बस्नेतको मिलेमतोमा क्याम्पसमा आर्थिक अपचलन गरेको आरोप लगाउँदै आएको छ ।