इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । ईलाम को भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण मतपेटीका सदरमुकाम ल्याउन समय लाग्ने राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय ईलामको रहेको छ ।सम्पूर्ण मतपेटीकाहरु संकलन हुनासाथ मतगणना शुरुहुने ।मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्र रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’मा शान्तिपूर्ण रुपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए कार्यालयका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।
त्यस्तै, बझाङ १ ‘क’मा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बझाङमा ५३ प्रतिशतको हाराहारीमा मतदान भएको प्रारम्भिक विवरण आएको निर्वाचन आयोगले जनाएको छ। बझाङमा भने मत पेटिका संकलन गर्न समय लाग्ने भएकाले आइतबार मात्रै मतगणनको तयारी गरिएको छ।
बझाङमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा ६१ हजार मतदाता छन्।