उपप्रधानमन्त्री तथा गृहमंत्री ले नेतृत्व गरेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका लिम्बूले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए । लिम्बू पार्टीको चुनाव चिह्न अंकित ब्याज लगाएरै मतदान केन्द्रमा पुगी मत दिएर बाहिरिएका थिए । लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको फोटो बाहिरिएपछि

निर्वाचन आयोगको उपसचिव – आयोगका सहायक प्रवक्ता राम दत्त पाण्डेय लाई निजको मोबाइल नं : ९८५१३२१३८४ मा तितोसत्य अनलाईन खबरबाट संम्पर्क गरी समाचार सहित सुनाएको र सहायक प्रवक्ता ले हाल सम्म हामिलाई कुनै आधिकारिक सुचना वा उजुरी नआयको हुनाले यस सम्बन्धमा तत्काल नै केहि बोल्ने उचित नहुने तर तपाईं को समाचारको आधारमा हामीले छानबीन र कार्यवाही प्रक्रिया अगाडी बढाउने धारणा हिजो व्यक्त गरेको हुनाले भनाई अनुरुपनै आयोगले इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता उल्लंघन गरेका उम्मेदवार मिलन लिम्बूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने भएको छ । आयोगले इलामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई लिम्बूसँग स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।
