वन तथा वातावरण मन्त्रालयले देशभर डढेलो पीडित नागरिकले ९० प्रतिशत राजस्व छुटमा काठ तथा दाउरा उपयोग गर्न पाउने निर्णय गरेको हो ।
मन्त्रालयकाअनुसार वन नियमावलीमा भएको प्रावधान अनुसार जिल्ला वन पैदावार आपूर्ति समितिलाई ९० प्रतिशत राजस्व मिनाहा गरी काठ तथा दाउरा उपलब्ध गराउन प्रदेश स्थित वातावरण मन्त्रालयमार्फत डिभिजन वन अधिकृतहरूलाई निर्देशन दिने निर्णय भएको छ ।समुदायमा आधारित वन व्यवस्थापन गर्ने समूहहरूलाई समेत सरकारले आगलागीबाट पीडित नागरिक/समुदायलाई समूहको कार्ययोजना बमोजिम काठ दाउरा तथा राहत उपलब्ध गराउन अनुरोध गरेको छ । यसको स्पष्ट अभिलेख राखी डिभिजन वन कार्यालयमा पठाउने व्यवस्था गर्न समेत मन्त्रालयले भनेको छ ।वन क्षेत्रमा लागिरहेको वन डडेलाको मुख्य इन्धनको स्रोत पात पतिङ्गर, झाडी, काठ-दाउराको चोयटा भएकाले त्यस्ता प्रज्वलनशील वस्तुको संकलन तथा उपयोग वृद्धि गर्न उपभोक्तालाई अनुरोध गर्ने निर्णय समेत मन्त्रालयको हालैको निर्णयमा उल्लेख छ ।