सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समित बनाउनु पर्ने माग गर्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरु संग छलफलको लागी बैठक आह्वान गरेका छन् ।
दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा जेठ १ गते संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल हुनेछ ।आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ ।