सभामुख देवराज घिमिरिले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद् बैठकमा बोल्न पाउनुपर्ने माग राखेको छ ।
धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ,” उनले भने ।
छलफलमा सहभागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले
कांग्रेसले आफ्नै नेतृत्वमा नेपालको संविधान बनाएको हो । आफ्नै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पद्धतिलाई स्थापना गरेको हो’, उनले भने, ‘यसमा राष्ट्र प्रमुखमा रुपमा रहनु भएका राष्ट्रपतिको विशेष संवैधानिक महत्व, गरिमा र मर्यादा छ द। हामी संविधानका व्यवस्थालाई हेरेर संघीय संसदको संयुक्त बैठकमा भाग लिन्छौँ। हामी राष्ट्रपतिज्यूको सम्बोधन सुन्छौँ। राष्ट्रपतिबाट संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिसकेपछि अरु कार्यसूचीमा भने अघि बढ्न नदिने बताए ।नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने, तर धन्यवाद प्रस्ताव टेबल गर्न नदिने अडान राखेको छ । सचेतक सुशीला थिङले बैठकमा भनिन्, “संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने, तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ । छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।”