बुधवार बसेको प्रतिनिधिसभा बैठकका सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच धकेलाधकेलको स्थिति भएपछि आज बिहानैदेखि दुवै पक्ष आ–आफ्नो छलफलमा व्यस्त छन् । कांग्रेसले बानेश्वरमा स्थित संसद् भवन मा आफ्नो पार्टीका सांसदहरु संग छलफलका लागि बोलाएको थियो उक्त बैठकले विपक्षी दलको बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । भने सत्ता पक्षले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सांसदहरु संग छलफलका लागि बोलाएको थियो बसेको बैठकले संसद् खुलाउने विषयमा छलफल गरेका थिए । बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।
संसद् खुलाउने विषयमा छलफल का लागि सत्ता पक्ष र कांग्रेसी नेताहरू बीच आज ६ बजे प्रधानमंत्री निवास मा बैठक बस्दै
