प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भनिएको सहकारीपीडितको मुद्दा लिएर कांग्रेसले सडक आन्दोलन घोषणा गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही शुक्रबारदेखि सुरु हुने सडक आन्दोलनका लागि उपत्यकाको सबै शक्ति परिचालन गर्ने भएको छ ।
काठमाडौंकेन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो ।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेस सदनमा आन्दोलित छ। उसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।
कांग्रेसले बुधबार पार्टी बैठकबाट सहकारी पीडितहरूको बचत फिर्ता र ठगीमा संलग्नहरूमाथि कारबाही माग गरेको छ ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले सदनको रोस्ट्रममा उभिएर लगाएको आपत्तिजनक र गम्भीर आरोपबारे पनि छानबिन गरेर कारबाही गर्न कांग्रेसले माग गरेको छ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जानेछ ।कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको समेत कांग्रेसको ठहर छ ।