बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ ।काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दै
