देउवा निवास को आजको बैठको उपहार स्रोतको अनुसार कांग्रेस र लोसपा नेपाललाई समेटेर मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन पहल भएको हो ।
मुख्यमन्त्री यादवलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने आन्तरिक सहमति भएको स्रोत बताउँछ ।
स्रोतका अनुसार नयाँ सरकारमा कांग्रेसलाई ४, लोसपालाई २, एकीकृत समाजवादीलाई २ र जसपालाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय दिने आन्तरिक सहमति भएको छ ।
मधेश सरकार गठनकोलागि अङ्कगणितले के भन्छ ?
सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभामा जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस आधारमा मुख्यमन्त्रीसँग ५६ जना सांसदको समर्थन रहन्छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ ।