नेकपा एकीकृत समाजवादीले मधेश सरकार छाड्ने तयारी गरेको छ ।
एकीकृत समाजवादीबाट सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउँदैछन् ।