काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान जोगाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने बताएका छन् ।महामन्त्री थापाले संविधानका केही कुराहरु संशोधन गर्नुपर्ने प्रदेशका साथै निर्वाचन प्रणालीकाबारेमा पनि केही संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘…हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन,’ उनले भने, ‘चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदलाब ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’भन्दै यस्तो बताएका हुन् ।साथै उनले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।
संविधान जोगाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार को जिकिर
