नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् ।
मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा विभिन्न देशका प्रमुख पनि उपस्थित थिए ।प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् ।भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट अघिल्लो कार्यकालकै मन्त्रीहरु नै दोहोरिएका छन् ।मोदीको योसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको कृर्तिमानको बराबरी गरेका छन्। नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक भारतको प्रधानमन्त्री बनेका थिए ।भने मोदि २०१४,२०१९ र २०२४ मा प्रधानमंन्त्री बनी आफ्नो कृतिमानि दर्ज गरायका छन । आइतबार मोदीसँगै ११ दलका ७२ मन्त्रीले पनि शपथ लिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । यसरी सपथ लिने मन्त्रीहरुमा अमित शाह, राजनाथ सिंह, नीतिन गडकरी, जेपी नड्डा र शिवराज सिंह चौहान लगायतका रहेका छन् ।
मोदीपछि दोस्रो नम्बरमा राजनाथ र तेस्रो नम्बरमा अमितले शपथ लिएका थिए । सिंह अघिल्लो मन्त्रीमण्डलमा रक्षा मन्त्री थिए भने शाह गृहमन्त्री थिए। राजनाथलखनउबाट सांसद निर्वाचित भएका छन् ।
त्यस्तै नीतिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् । जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीका राष्ट्रिय अध्यक्ष छन्।शिवराज सिंह मध्य प्रदेशको विदिशा लोकसभा सिटबाट सांसद निर्वाचित भएका छन् ।
यता निर्मला सीतारमण, एस जयशंकर, मनोहर लाल खट्टर, एचडी कुमारस्वामी, पियुष गोयल, धर्मेन्द्र प्रधान, जितनराम मांझी, राजीव रञ्जन सिंह उर्फ ललन सिंह, सर्वानन्द सोनोवाल, डा वीरेन्द्र कुमार, किंजरापु राम मोहन नायडू, प्रल्हाद जोशी, जुआल ओरमले मन्त्रीको सपथ लिएका छन् ।
त्यस्तै गिरिराज सिंह, अश्विनी वैष्णव, ज्योतिरादित्य सिन्धिया, भूपेन्द्र यादव, गजेन्द्र सिंह शेखावत, अन्नपूर्ण देवी , किरण रिजिजु, हरदीप सिंह पुरी , मनसुख मण्डाविया, जी किशन रेड्डी, चिराग पासवान, सीआर पाटिल, राव इन्दरजीत सिंह, जितेन्द्र सिंह, अर्जुन राम मेघवाल लगायतका मन्त्रीहरूले सपथ लिएका छन् ।