गृहमन्त्री लामिछानेलाई निलम्बन गरी उनीविरुद्ध विभिन्न जिल्लामा परेको किटानी जाहेरी माथिको अनुसन्धान अघि बढाउनुपर्छ भनी दायर रिट निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले रूपन्देही जिल्ला अदालतमा विचाराधीन जीबी राई विरुद्धको मुद्दाको मिसिल झिकाउन आदेश दिएको हो ।सर्वोच्च अदालतले सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामसमेत मुछिएको बुटबलको सुप्रिम बचत तथा ऋण सहकारी लिमिटेड ठगीको मुद्दाको फाइल झिकाउन आदेश दियो ।न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासको आदेशमा भनिएको छ, ‘प्रतिवादी जीबी राईसमेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रूपन्देही जिल्ला अदालतबाट झिकाइ पूर्वआदेश अनुसार अग्राधिकार दिइ ३ असारको पेसी तोकी नियमानुसार पेस गर्नुहोला ।’
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामसमेत मुछिएको सहकारी ठगी मुद्दाको फाइल झिकाउन सर्वोच्च अदालतको आदेश
