गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित थिए । गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानुन बनाउने विषय उचित नरहेको बताए । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए ।छलफलमा सांसदहरूले समितिमै एनजीओका कर्मचारी

खाजासहित उपस्थित हुने विषयले ठूलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने बताए ।त्यसपछि केहीबेर समिति सदस्यहरू आन्तरिक छलफलमा रहेता पनि बैठक औपचारिकतामा प्रवेश नै गर्न सकेन ।गृहमन्त्रीसमेत नरहेको अवस्थामा समितिको बैठक बस्न नहुने कुरा राख्दै बैठक स्थगित भयो ।