मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् ।
महानगरपालिकाहरूले ल्याएको बजेटमा सार्वजनिक सेवा र सहरी पूर्वाधारमा जोड दिइएको छ । महानगरहरूले रोजगारी सिर्जना, सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् ।
६ महानगरमध्ये काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड बराबर ल्याएको छ भने सबैभन्दा सानो बजेट मधेश प्रदेशको वीरगञ्ज महानगरले २ अर्ब ८९ करोडको ल्याएको छ । सबै महानगरको गरी कुल ५३ अर्ब ६४ करोड ९ लाख बराबरको बजेट छ ।