नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा महासचिव घनश्याम भुसाललाई पार्टीका सम्मानीत नेता झलनाथ खनालले सहयोग गर्ने भएका छन् । खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको हो ।
भेटमा महाधिवेशनको तयारीबारे नेता खनालसँग छलफल भएको महासचिव भुसालले बताए । सम्मानित नेता खनालको समर्थनमा महासचिव भुसाल अध्यक्षमा माधव नेपालसँग प्रतिस्पर्धा गर्न तयार देखिएका छन् ।उनले भने, ‘हामीबीच नीति कार्यक्रम सबै मिलेपछि झलनाथजीसँग मिलेर अघि बढ्ने समझदारी भएको छ ।’