देशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।
इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन कोसी, नारायणी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुनेछ । तर, बढ्दो क्रममा रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ ।