सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा एमाले सांसद सूर्यकुमारी श्रेष्ठले बोल्दै उनले लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दिने नीति लिन उनको आग्रह छ ।

नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गरेकी छन् ।नेपाली रक्सी विदेश निर्यात गर्न सके नेपालको आर्थिक स्थितिमा सुधार आउने, नेपालका आदिवासी जनजातिको जीवनस्तर समेत सुधारिने उनको भनाइ छ ।
