नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।तर राजीनामा गर्न दिइएको समय सकिंदा पनि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनका अनुसार, प्रधानमन्त्री प्रचण्डलाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता हुने तयारी छ ।
सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय
