रौटहटको कटहरिया नगरपालिका-२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा गरेको भन्दा धेरै काम देखाएर उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ मेयर, उपमेयर, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारले इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो.मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर र प्रमुख प्रशासकिय अधिकृत सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
